+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

थ्री एन्जल्सलाई अन्तर्राष्ट्रिय एनजीओ लिडरसीप अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते १३:१५

११ फागुन, पोखरा । थ्री एन्जल्स नेपालले लिडरसीप सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि महत्वपूर्ण कार्य गरेको भन्दै टाईम नाउ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले पोखरामा प्रधान कार्यालय रहेको थ्री एञ्जल्स नेपाललाई एनजीओ लिडरसीप अवार्ड प्रदान गरेको हो ।

वल्र्ड सीएसआर डे को अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ तारिखमा भएको कार्यक्रममा संस्थाले अवार्ड प्राप्त गरेको संस्थाका कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले जानकारी दिए ।

सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका १ सय १० संस्थाहरु मध्ये थ्री एन्जल्स नेपाल सर्वोत्कृष्ट हुँदै सम्मानित भएको उनको दाबी छ ।

अवार्ड थाप्न थ्री एन्जल्स नेपालका प्रशासनिक सचिव विवेक शर्मा ढकाल, पर्वत थापा र रोशन प्रसाईं मुम्बई पुगेका थिए ।

यसैबीच एनजीओ लिडरसीप अवार्ड प्राप्त गरेको अवसरमा संस्थाले एक कार्यक्रम गरी सेलेब्रेसन गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ नयागाउँस्थित संस्थाको प्रधान कार्यालयमा कार्यक्रम गरी सेलेब्रेसन गरिएको संस्थाका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

सेलेब्रेसन कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले अवार्डले मानव बेचविखन मुक्त नेपाल निर्माणका लागि अभियानमा लागिरहन संस्थालाई ठूलो प्रेराणा मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?