२५ फागुन, काठमाडौं । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।
तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सभामुखका लागि महरासागै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी थियो ।
सभामुखको उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4