नायक सलिनमान बनियाँ अहिले यूवतीहरुको रोजाइमा छन् । पहिलो चलचित्र ‘ए मेरो हजुर २’मा काम गरेपछि चलचित्रकर्मीको समेत रोजाइमा परेका यी नायक केहि समय चलचित्र नै नगर्ने भनेर बसे ।
तर, अब सलिनमानलाई चलचित्र क्षेत्रप्रति मोह बढेको देखिएको छ । सलिनमानले चलचित्र ‘ए मेरो हजुर ३ वा भागवत गीता’मा काम गर्ने पक्का भैसकेको छ ।
यसैविच, उनले निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको वुझिएको छ । निर्माता केशव भट्टराइले चाडै नै पत्रकार सम्मेलन गरेर सम्पूर्ण टिमको जानकारी गराउने बताए । नायक सलिनमान बनियाँ फाइनल भएको बिषयमा केशवले खासै बताउन चाहेनन् ।
यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । सम्राट यहि चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् । चलचित्रमा सलिनमान र नायक सलोन बस्नेत फाइनल भैसकेको वुझिएको छ । नायिकाको भने तिव्र खोजी गरिएको छ । निर्माणपक्ष फ्रेस नायिका राख्ने सोचमा छ ।
प्रतिक्रिया 4