Comments Add Comment

गृहमन्त्रीले सुराकी पाएपछि थानकोटमा समातिए भारतबाट आएका शंकास्पद १० ट्रक

फाइल फोटो

२ चैत, काठमाडौं । भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रक थानकोट नाकामा समातिएका छन् । ट्रकमा शिलबन्दी गरिएको अवस्थामा सामानहरू छन् । ती ट्रकमा के सामान छ भन्ने खुलाइएको छैन ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रकमा अवैध सामग्री काठमाडौं भित्रदै गरेको सूचना आएपछि नागढुंगा प्रहरीले शुक्रबार विहान ८ बजेदेखि प्रहरीले चेकजाँच गरी १० वटा ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

ती ट्रकहरु सुनौली र रक्सौल नाका हुँदै काठमाडौं आएको हो । ती सबै ट्रकहरु पशुपति ट्रान्सपोर्टको रहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment