+
+

खड्काको सम्मानमा ७ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १८ गते १४:५९

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने भएको छ । खड्काको शुक्रबार निधन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर गरेको छ । बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?