+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

मन्त्री बरालकी छोरी सामुदायिक विद्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १० गते १२:१७

१० वैशाख, बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । मन्त्री बरालले छोरी मुनालाई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ६ मा भर्ना गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले सामुदायिक विद्यालयमा छोरी भर्ना गरेको बताए । उनले देशभरका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान जानुपर्ने बताए ।

कालिका मानवज्ञान देशकै धेरै विद्यार्थी संख्या भएको सामुदायिक विद्यालय हो । यो विद्यालयले यसै वर्ष सामुदायिक विद्यालयतर्फ देशकै सर्वोत्कृष्ट विद्यालय पुरस्कार पाएको छ । यहाँ करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्
एउटा सामुदायिक स्कुल, जहाँ पढ्न विद्यार्थीहरु मरिहत्ते गर्दैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?