+
+

नेपाल बैंकले १करोड ७६ लाख कित्ता एफपीओ निष्काशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १५:००


१६ वैशाख, काठमाडौं । नेपाल बैंक लिमिटेड्ले १करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिदार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे ।

शेयरको निष्काशन मूल्यका सम्वन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ । उक्त निष्काशन मूल्य नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा तय गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?