+
+

गोदावरी नगरपालिकाकी उपमेयर श्रीमानबाट कुटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते ०:१५

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् ।

न्यायिक समितिको संयोजक समेत रहेकी  उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।

मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध ठोडो उजुरी दिएकी छन् । र, श्रीमान्लाई नियन्त्रणमा लिइएको छ ।

यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए ।

श्रीमान्विरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?