Comments Add Comment

फिल्ममा बोल्ड, बाहिर सिम्पल बर्षा


नायिका बर्षा राउतलाई दर्शकले बोल्ड पहिरनमा सार्वजनिक कार्यक्रममा पुगेको खासै भेट्दैनन् । चलचित्रको पर्दामा पनि बर्षा खुलेका पहिरनमा खासै रमाउन चाहन्नन् ।

तर, पनि बर्षा बोल्ड छिन् । बर्षा भन्छिन्-‘म त्यस्ता पहिरनमा खासै सहज महशुश नै गर्दिनँ । यसैले पनि बाहिर म सामान्य पहिरनमा नै हुन्छु ।’

उनले प्रेमी संजोग कोइरालाले त आफूलाई बोल्ड पहिरन लगाउ भन्ने गरेको बताइन् । तर, आफूलाई नै मन नलागेर नलगाएको बर्षाको भनाई छ ।

बर्षासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोलाः

तर, यसपटक भने दर्शकले पर्दामा उनलाई बोल्ड पहिरनमा देख्नेछन् । छायांकन भैरहेको चलचित्र ‘चौका दाउ’मा बर्षाको बोल्ड अवतार देख्न सकिनेछ ।

बर्षाले यस बिषयमा भनिन्-‘चलचित्रमा कथा अनुसार केही बोल्ड हुनु सामान्य हो । यसमा मैले ४ पुरुषलाई आफ्नो सुन्दरता र हट अवतारका कारण माया जालमा पार्ने भूमिका छ । यसैले पनि केही बोल्ड भएकी छु ।’

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment