+
+

सोनमको फिटनेस सेक्रेटः कम कार्बोहाइड्रेट, हाई प्रोटिन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते ८:५०

भारतीय अभिनेता अनिल कपुरकी छोरी सोनम कपुरको नाम बलिउडका चर्चित अभिनेत्रीहरूको सूचीमा अग्रपंक्तिमा आउने गर्छ ।  सशक्त अभिनयका सोनम जति चर्चित छिन्, सुन्दर अनुहार तथा फिटनेका कारण उनी आˆना दर्शकहरूमाझ अझ धेरै लोकपि्रय छिन् । फिटनेस, सुन्दरता तथा ड्रेसिङ्ग सेन्सकै कारण उनी भारतीय अभिनेत्रीहरूमाझ स्टाइल आइकनका रूपमा समेत परिचित छिन् ।

यस्ती स्टाइल आइकन सोनम कपुरको हालै मात्र भारतीय विजनेसम्यान आनन्द अहुजासित विवाह सम्पन्न भएको छ । विवाहको दिनमा समेत निकै फिट तथा सुन्दर देखिएकी सोनमको तौल कुनै बेला ८६ किलोसम्म थियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

आमा सुनिता कपुरकै कारण आˆनो शरीर फिट रहेको जनाउदै आˆनो फिटनेसको सम्पूर्ण श्रेय आˆनी आमालाई दिन रुचाउने सोनम के आएर आफूलाई यति फिट राख्न सक्षम भइन् ?

डाइट प्लान

सोनमले मेरी सहेली नामक भारतको चर्चित म्यागेजिनलाई दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने यसको सम्पूर्ण श्रेय उनको आमा सुनितालाई नै जान्छ । आमा सुनिताकै सुझावमा सोनमले स्टि्रक डाइट प्लान फलो गरेकी थिइन् । त्यस क्रममा उनले चकलेट, आइसक्रिम, चिल्लो खानेकुरा लगायत मिठाई परहेज गरेकी थिइन् । उनी दिनमा कमभन्दा कम कार्बोहाइडे्रट सेवन गर्छिन् भने हाई प्रोटिनयुक्त खानेकुरा खान्छिन् । उनी दिनमा पाँच पटकसम्म खाना खान्छिन् ।

सोनम विहानको शुरुवात महका साथमा कागती पानीबाट गर्छिन् । ब्रेकफास्टमा ओटमिलका साथमा मौसमी फलफूल खान्छिन् भने दिउँसोको नास्तामा  प्रोटिन सेक र  ब्राउन ब्रेडका साथमा अण्डाको सेतो भाग खान्छिन् ।

दिउँसोको खानामा सोनम रोटीको साथमा दाल, तरकारी, सलादर गि्रल्ड चिकेन वा माछा  सेवन गर्छिन् भने साँझको नास्तामा पुनः ब्राउन ब्रेडका साथमा अण्डाको सेतो भाग खान रुचाउँछिन् । डिनरमा भने उनी प्रायः सुप तथा सलादका साथमा गि्रल्ड चिकेन वा फिस खान्छिन् । यसबाहेक पनि दिउँसो धेरै भोक लागेमा सोनम ड्राई प|mुट्स तथा फलफूल खान रुचाउँछिन् । साथै यात्राको दौरान शरीरमा पानीको कमी नहोस् भन्नका लागि समय समयमा नरिवल पानी, काँक्रो वा मोही खाने गर्छिन् ।

विहानको सुरुवातः महका साथमा कागती पानी

ब्रेकफास्टः ओटमिलका साथमा मौसमी फलफूल

दिउँसोको नास्ताः प्रोटिन सेक, ब्राउन ब्रेडका साथमा अण्डाको सेतो भाग

खानाः रोटी, तरकारी, दाल, सलादका साथमा गि्रल्ड चिकेन वा फिस

साँझको नास्ताः ब्राउन ब्रेडका साथमा अण्डाको सेतो भाग

डिनरः सुप, सलाद,  गि्रल्ड चिकेन वा फिस

सोनमको फिटनेस रुटिन

‘साँवरिया’ नामक फिल्मबाट डेब्यु गरेकी सोनम कपुरले तौल घटाएको विषय मिडियामा निकै चर्चाको विषय बनेको थियो । सोनमको वजन कम हुनुको पछाडि उनको कडा डाइट प्लान त थियो नै, आकर्षक फिगर बनाउनका लागि गरिने व्यायाम पनि थियो । सोनम कार्डियो, वेट ट्रेनिङ्ग, योग तथा स्ट्रेचिङ्ग गर्छिन् । हप्ताका सातै दिन उनको एक्सरसाइज हात, खुट्टा, पेट, काँध, कम्मर लगायतका शरीरका विभिन्न अंगमा केन्दि्रत हुने गर्दछ ।  सोनम सातामा दुई दिन डान्स एक्सरसाइज पनि गर्छिन् । र, प्रत्येक दिन करिब ३० मिनेट कार्डियो एक्सरसाइज गर्छिन् । नियमित एक्सरसाइज बाहेक पनि सोनम खाली समयमा स्वीमिङ्ग गर्न रुचाउँछिन् । सोनम सातामा कम्तीमा पनि तीन पटक पिलेट्स एक्सरसाइज गर्छिन् ।

व्युटी टिप्स

सोनमका अनुसार सकारात्मक सोच, सन्तुलित भोजन तथा सधै खुसी रहने बानी नै उनको सुन्दरताको सबैभन्दा ठूलो रहस्य हो । सुन्दर रहनकै लागि सोनम सुत्नुभन्दा केही समय अगाडि छालाको क्लिन्जिङ्ग, टोनिङ्ग तथा मोइस्चराइजिङ्ग गर्छिन् । उनी महिनामा दुई पटक नरिवलको तेलमा शिकाकाई मिसाएर कपालमा लगाउँछिन्, जसले गर्दा उनको कपाल अझ बढी आकर्षक तथा मुलायम हुने गर्छ ।

कपाल स्वस्थ राख्न उनी हरेक पल्ट स्याम्पू गरिसकेपछि कपाललाई राम्ररी कन्डिसनिङ्ग गर्छिन् । अनुहारमा सन्सक्रिम लगाएर मात्र घरबाट बाहिर निस्कनुका साथै, केमिकल्सरहित व्युटी प्रोडक्टस् मात्र प्रयोग गर्न रुचाउँछिन् । अनुहारलाई सुन्दर बनाउन दही तथा वेसनको फेसप्याक लगाउँछिन् । सोनम प्रत्येक दुईदेखि तीन घण्टाको अन्तरालमा नरिवल पानी पिउँछिन्, जसले गर्दा उनी छालामा चमक आउनुका साथै शरीरमा पानीको कमी हुँदैन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?