Comments Add Comment

प्राकृतिक स्रोतको अवैध उत्खननबारे छानविन गर्न समिति गठन

३ जेठ, विराटनगर । मोरङ जिल्लामा अवैध रुपमा सञ्चालन रहेका क्रसर उद्योगले प्राकृतिक स्रोत साधानको उत्खन्न् गरीरहेको बिषयमा जिल्ला प्रशासनले चासो देखाएकेा छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार विषयगत कार्यालयका प्रतिनिधिसहितको छलफल आव्हान गरी क्रसर उद्योगले प्राकृतिक स्रोतसाधानको उत्खन्न्का बारेमा अनुगमन तथा अध्ययन अनुसन्धान गर्न प्राबिधिक संलग्न एक समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाल आर्चायको अध्यक्षतामा बसेको विषयगत कार्यालयका प्रतिनिधि सम्मलित बैठकले अनुगमन तथा अध्ययान अनुसन्धानका लागि समिति गठन गरेको हो ।

धरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा विषयगत कार्यालयहरुका प्रतिनिधिहरु अनुगमन तथा अध्ययान अनुसन्धान समितिमा सहभागी रहेका छन् ।

प्राविधिकसहतिको समितिले मापदण्ड बाहिर चलेका क्रसर उद्योग, मापदण्ड विपरीत ढुंगा गिट्टी उत्खनन् लगायतका विषयमा स्थलगत अध्ययन, अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने छ । समितिलाई जेठ महिनाभर काम गर्न समय दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले मापदण्ड विपरीत चलेका क्रसर उद्योग, त्यसैगरी मापदण्ड विपरीत ढुंगा गिट्टी उत्खनन् लगायतका विषयको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन, अनुसन्धानले गर्ने अधिकार दिइएको जानकारी दिए ।

उनले भने, ‘स्थानीयवासीबाट आएका गुनासा, पत्रपत्रिकामा सार्वजनिक भएका कुरालाई मध्यनजर गदै यथार्थ बुझन र त्यसको बस्तुस्थिति अध्ययन गर्न प्राबिधिकसहितको टोली गठन भएको छ, टोलीले स्थानीय तहसँगको समन्वयमा बिहीबारबाटै स्थलगत अध्ययनको काम शुरु गरेको छ,’ प्रजिअ आर्चायले भने ।

उनले जिल्ला तहको निर्माण गरिएको टोलीमा विषयगत कार्यालयहरु घरेलु तथा सना उद्योग कार्यालय,जिल्ला वन कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी छन् । जसमा स्थानीय तहका कार्यालयहरुले समन्वयको भूमिका खेल्नेछन् ।

जिल्लाका विभिन्न खोलामा अबैध क्रसर उद्योग सञ्चालनमा रहेका उनीहरुले परिमाणमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य भइरहेको बारेमा समाचारहरु सार्बजनिक भएका थिए ।

यो पनि पढ्नुस् 

मोरङमा जनप्रतिनिधिबाटै प्राकृतिक स्रोतको दोहन 

मोरङमा प्राकृतिक स्रोतमाथिको दोहन रोकिएन, अबैध क्रसरबारे प्रशासन बेखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment