+
+

कीर्तिमानी आरोही कामीरिता शेर्पा भन्छन् : अर्को पटक पनि सगरमाथा चढ्छु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते ११:२२

६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् ।

सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए ।

‘यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो भने अर्को पटक पनि जान्छु । यो पटक पनि पहिले पहिले जस्तै हो । २५ वर्ष अघिदेखि निरन्तर गइरहेको नै हो’ उनले भने, ‘ट्याक्सी ड्राइभरले ट्याक्सी चलाएजस्तै हो मैले सगरमाथामा अरुको लागि गाइड गर्नु । यसमा नयाँ कुरा त केही होइन । यसपटक कीर्तिमान बनेकाले अलि भिन्न भयो ।’

उनको स्वागतमा परिवार र शुभचिन्तक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । तीन घण्टा प्रतीक्षा गरेर परिवारजनले कीर्तिमानी शेर्पाको स्वागत गरे । उनको स्वागतमा १०१ वर्षका बाबु, श्रीमती र छोरासँगै आफन्त र शुभचिन्तक सम्मिलित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?