Comments Add Comment

पोखराका मापदण्डविपरीतका संरचना हटाइने

फाइल तस्वीर

७ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।

महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।

मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो ।

हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा रु पाँच हजार जरिवाना गरिने निर्णय भएको छ ।

स्थायी संरचना र ग्यारेजले सडक छउेमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment