+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.2)
VS
८२ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सरकारले बन्द गरायो राष्ट्रसंघ कार्यालय भित्रको ‘अवैधानिक’ अफिस

कर्मचारीलाई तीन महिनाभित्र कार्यालय छाड्न निर्देशन

विनोद घिमिरे विनोद घिमिरे
२०७५ जेठ २७ गते २३:३१

२७ जेठ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा सन्चालित ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए)लाई सरकारले बन्द गराएको छ ।

त्यहाँ कार्यरत कर्मचारीहरुलाई तीन महिनाभित्र फिर्ता हुन पनि सरकारले निर्देशन दिएको छ ।

यो कार्यालयले नेपालको राजनीतिक घटनाक्रमबारे साप्ताहिक रिपोर्ट न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालमा बुझाउने गर्दथ्यो ।

विगत सात वर्षदेखि सन्चालित यो कार्यालयमा हाल जापानी महिला प्रमुखको रुपमा कार्यरत थिइन् भने नेपालका पत्रकारहरु पनि आकर्षक तलबसहित जागिरे थिए ।

नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै डीपीए स्थापना गरिएको थियो । तर, सात वर्षसम्म कार्यालय चलिरह्यो ।

डीपीएमा कार्यरत केही कर्मचारीहरुले ‘अलग तराई’ को वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको, सीके राउतका सहयोगी पश्चिमी दातृ निकायसँग अघोषित सहकार्य गरेको, राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसमेत लाग्दै आएको थियो ।

त्यसैले मन्त्रिपरिषद बैठकले डीपीएको फिल्ड कार्यालय बन्द गराउने निर्णय गरेको हो ।

सरकारको निर्णयको जानकारी न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा दिइएको छ भने त्यसको बोधार्थ पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयमा पठाइएको स्रोतले बतायो ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?