+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

'भ्रमणलाई सबै हिसाबले उपलब्धीमुलक बनाउँछु'

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १९:५१


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । आइतबार भएको छलफलमा उनले सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी गरेको जानकारी गराएका थिए ।

उनले भने ‘तपाईंहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।’

छलफलमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीलाई भ्रमण सफलताको शु्भकामना पनि दिए ।

पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-चीन-भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई १० बुँदे लिखित सुझाव नै दिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल चीनको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राखे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनियाँ लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

पूर्वप्रधानमन्त्रीहरुसँगको भेटअघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?