Comments Add Comment

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।

भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए ।

बैठकपछि दुई देशबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment