नायक राजेश हमालपछि अर्का नायक आर्यन सिग्देललाई बच्चा कहिले जन्माउने भन्ने प्रश्न आउन थालेको छ । चलचित्र ‘रुद्रप्रिया’को रिलिजपछि मिडियासँग दुरी बनाएका आर्यन अहिले चलचित्र ‘कायरा’का लागि फेरि मिडियासँग नजिक छन् ।
उनै, आर्यनलाई अहिले मिडियाकर्मीले सन्तान कहिले जन्माउने भन्ने प्रश्न गर्न थालेका छन् । सपना भण्डारीसँग ४ बर्ष अगाडि बिहे गरेका आर्यनले अहिलेसम्म बाबु बन्ने बिषयमा सोचेका छैनन् । आर्यनले पनि मिडियाकर्मीको प्रश्नमा सोझो जवाफ दिएका छैनन् । उनले भनेका छन्–‘मेरो सन्तानको रुपमा साउनमा कायरा आउँदैछ । अहिले यसैलाई जन्माउने तयारीमा लागिरहेको छ ।’
अधिकांश निर्माताले चलचित्रलाई आफ्नो अर्को सन्तान भन्दै आएका छन् । आर्यनले पनि सोही शैलीको भाषा बोलेका छन् । तर, पनि आर्यनलाई बारम्बार यो प्रश्नले अब भने छाड्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4