Comments Add Comment

ब्याजदर करिडोरको व्यवस्थामा परिमार्जन

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको व्यवस्थामा सामान्य परिमार्जन गरेको छ ।

करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाको रुपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशतबाट ३.५ प्रतिशत बनाइएको छ ।

अल्पकालीन बजार ब्याजदरमा हुने उतारचढावलाई न्यूनीकरण गर्न ब्याजदर करिडोरको परिधि केही साँघुरो बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोरअन्तर्गत दुई हप्ता अवधिको रिपो दरलाई नीतिगत दरको रुपमा लिइने व्यवस्थालाई निरन्तरता दिएएको छ । हाल कायम रहेको ५ प्रतिशतको रिपोदरलाई यथावत राखिएको गभर्नर चिरञ्जीवि नेपालले जानकारी दिए ।

यो व्यवस्थाले भारित औसत अन्तर-बैंक दरलाई नीतिगत दरको वरीपरी अंकुशित गरी अल्पकालीन बजार ब्याजदरमा स्थायित्व कायम गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

वाणिज्य बैंकहरु बीचको भारित औसत अन्तर-बैंक दरलाई ब्याजदर करिडोर सञ्चालन लक्ष्यको रुपमा लिइने मौद्रिक नीतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment