+
+

कानुनमन्त्रीको पत्रपछि गंगामायाको अनसन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २९ गते १८:२७
फाइल फोटो

२९ असार, काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

‘गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने म फेरि अनसन बस्छु भन्नु भएको छ’, इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले अनलाइनखबरसँग भने ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?