+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कानूनमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले भन्यो : प्रधानमन्त्रीले नियन्त्रण गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १७:०८
कानूनमन्त्री शेरबहादुर तामाङ / फाइल तस्वीर

६ साउन,  काठमाडाैं । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले ब‌ंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।

मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले सर्टिफिकेटका लागि शरीर सुम्पिनुपरेको अभिव्यक्ति दिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

‘स्वयं प्रधानमन्त्रीबाट बेलाबेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ?’ शर्माले विज्ञप्तिमा प्रश्न गरेका छन् ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं ।’

मन्त्री तामाङले अाइतबार नै विज्ञप्ति निकाली प्रष्टीकरण समेत दिएका छन् ।

यो पनि पढ्नुस् 

कानूनमन्त्रीको स्पष्टीकरणः बंगलादेशका छात्रामाथि हिंसाजन्य घटनाका उजुरी छन्

कानूनमन्त्रीको टिप्पणीप्रति सरकारको ध्यान जाओस् : नारायणकाजी

कानूनमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?