तपाईंको जन्म कुनै पनि सालको अगस्ट महिनामा भएको हो भने ज्योतिषशासत्र भन्छ कि तपाईं एक नम्बरको कन्जुस हुनुहुन्छ । तपाईं अत्यन्त सिपालु र मनी माइन्डेड हुनुहुन्छ । तपाईं बाहिरी रूपले हेर्दा जति सज्जन देखिनुहुन्छ त्यति हुनुहुन्न । तपाईं साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गर्ने व्यक्तिभित्र पर्नुहुन्छ ।
तपाईंको साथी छैनन्
मानिसको भलाइ पनि नगर्ने होइन तर मनमनै उसबाट प्रत्युपकारको आश गरिरहनुहुन्छ । धेरै साथीसंगी बनाउने कुरामा विश्वास राख्नुहुन्न । तपाईंका कोही साथी छन् भने पनि के बुझ्नुस भने त्यो उनीहरूको दयालुता हो । मित्रता कायम रहनुमा तपाईंको कुनै योगदान छैन, आशय के भने तपाईं आˆनो तर्फबाट मित्रता निर्वाह गर्न सक्नुहुन्न ।
तपाईमा प्रतिभा छ
तपाईंमा पर्याप्त प्रतिभा छ । कला, साहित्य एवं विभिन्न रचनात्मक विधाहरूमा आˆनो विशिष्ट पहिचान बनाउन सख्नुहुन्छ । तपाईंभित्र कमालको सौन्दर्य चेत छ । आˆनै मर्जीको मालिक हुनुहुन्छ। कतिपय अवस्थामा बिनाकामको जिद्दीले तपाईंलाई अघि बढ्न रोक्छ । कतिपय परिस्थितिमा राम्रोसँग चलिरहेको कुरालाई आफै बिगार्नुहुन्छ अनि सहिद भएको ढोंग गर्नुहुन्छ ।
बोलीवचन कडा हुन्छ, मानिसहरू तपाईंको व्यक्तित्वबाट प्रभावित भएर नजिक आउँछन् तर कुरा सुनेपछि टाढिन्छन् । तपाईं सुन्दर हुनुहुन्छ भन्ने कुरामा दुईमत छैन बाहृय सुन्दरता को तुलनामा मनको सौन्दर्य लगभग छँदै छैन भने पनि हुन्छ । तपाईंलाई घमण्डी भन्दा गलत नहोला ।
तपाईंलाई पैसा सर्वोपरी
तपाईं पैसाका अगाडि इष्टमित्र, नातासम्बन्ध, प्रेम आदि कुनै कुरालाई महत्त्व दिनुहुन्न, तपाईंलाई यस्ता कुरा वकवास लाग्छन् । कौडी -कौडीको हिसाब राख्नुहुन्छ । केही गरी कसैलाई केही दिनुपरेको अवस्थामा तपाईंको अनुहार हेर्न लायक हुन्छ । तपाईं सामान्यतस् राम्रो बिजनेसम्यान, इंजीनियर, टीचर, पत्रकार वा कलाकार बन्नुहुन्छ ।
तपाईं सन्काहा प्रेमी
प्रेमको मामिलामा केही सन्काहा हुनुहुन्छ । आफूलाई स्मार्ट ठान्नुहुन्छ । जीवनप्रति तपाईंमा एक किसिमको लापरवाही पाइन्छ । तपाईंको विचारमा जीवन कुनै पनि व्यक्तिका साथ बिताउन सकिन्छ तर ऊ तपाईंको अधीनमा बस्न राजी हुनुपर्छ । सामान्यतः अगस्टमा जन्मिएका सुन्दर युवाका जीवनसाथी भद्दा एवं एकदम साधारण हुन्छन् । अरूले देख्दा पनि यस्तो जोडी कसरी बन्यो होला भन्ने जिज्ञासा देखाउछन्। तर फेरि कसैकसैको चाहिं अपवादका रूपमा यस्तो सुन्दर जोडी हुन्छ कि के कुरा गर्नु र ? एकअर्काका लागि नै बनेका हुन् कि भनेजस्ता ! प्रगाढ प्रेम भएका ! तर यस्तो विरलै पाइन्छ, अरू जोडी त बेमेल नै हुन्छन् ।
तपाईं स्वाङ पार्नुहुन्छ
अगस्टमा जन्मने केटीहरू एक नम्बरका ˆलर्ट हुन्छन् तर संसारकै अबोधजस्ता देखिन्छन् । यति कुशल तरिकाले केटाहरू फसाउँछन् कि विचरा सहिद हुँदा पनि मजस्तो भाग्यशाली संसारमै छैन भन्ने भ्रममा रहन्छ । कसैले थाहा नपाउने गरी अबोध भएको स्वाङ पार्नसक्नु यिनीहरूको सबैभन्दा ठुलो विशेषता हो ।
सुन्दरता यस्तो गज्जब हुन्छ कि त्यसप्रति भुतुक्क नहुने केटाहरू पाउन नै मुस्किल पर्छ । तर विवाह गर्ने बेलामा सामान्यतस् बेवकूफीको परिचय दिन्छन् । केही न कामको आफू नसुहाउँदो केटासँग विवाह गरेर सबैलाई चकित पार्छन् ।
आˆनो अनुपम कलात्मकता सही ठाउँमा प्रयोग गर्ने र ट्यालेन्टको सदुपयोग गर्ने हो भने तपाईंको जोडा लाग्ने मानिस संसारमै दुर्लभ छन् । जे होस् , अगस्टमा जन्मने सबैलाई हृयाप्पी बर्थ डे !
भाग्यशाली अंकः २, ५, ९
भाग्यशाली रंगः स्लेटी, गोल्डेन र रेड
भाग्यशाली दिनः आइत, शुक्र र बुधबार
भाग्यशाली रत्नः मून स्टोन