+
+

विराटनगरका ११ पानी उद्योगमा कोलिफर्म भेटियो, कारबाही प्रक्रिया सुरू

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १५:२२

१८ साउन, विराटनगर । विराटनगरका उद्योगहरुले उत्पादन गरेको खानेपानीमा दिसामा पाइने कोलिर्फम रहेको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात नमूना परीक्षण गरिएका मध्ये ११ वटा उद्योगले उत्पादन गरेको पानीमा कोलिर्फमको जीवाणु भेटिएको हो ।

गंगाजल, गोमारानी, शुभजल, पूजा फुड एन वेभरेज, तिरुपती, माउण्टेन, हाइमल, श्री जल, सितल, जोनसन र दिव्य श्री पानी उद्योगबाट उत्पादित पानीमा कोलिर्फम फेला परेको उपसचिव गोपी घिमिरेले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले नमूना संकलन गरेको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो ।

कोलिर्फमको जिवाणु भेटिएका उद्योगलाई प्रदेश सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ । ती उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकिएको जनाइएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले ११ वटै उद्योगको उत्पादन आज बाटै बन्द गरी आवश्य कारबाही प्रकि्रया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिएको बताए ।

उनले भने, ‘कुनैपनि उद्योगलाई मानव स्वासथ्यमा हानी पुर्‍याउने यस्ता खालका त्रुटी गर्न छुट छैन, उनीहरुमाथि मन्त्रालयले कारबाही प्रकि्रया अघि बढाइसकेको छ ।

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा २० वटा पानी उद्योगमा अनुगमन गरी पानीको नमूना संकलन गरेको थियो । विराटनगर क्षेत्रमा ४० बढी पानी उद्योग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?