+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रामचन्द्रको प्रश्न : ओलीलाई मधेस विरोधी भन्ने, सत्ताका लागि दौडेर पनि जाने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १८:१८


२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले जनजाति नेताहरुले टीका लगाउनु हुँदैन भनेर भाषण गर्ने तर, दौडिएर राजा कहाँ टीका लगाउन जाने गरेको टिप्पणी गरेका छन् । उनले अघि भने, ‘केपी ओली मधेस विरोधी हो भन्ने तर, सत्ताका लागि ओली कहाँ दौडिएर जाने गर्नु भएन । यसले जनता पीडित भएका छन् ।’

आफ्नो पार्टीको विधान र केन्द्रीय कमिटी अरुको भन्दा समावेशी भएको भएको दाबी गर्दै उनले भने, ‘अरुले नारा लगाएका छन्, हामीले काम गरेका छौं ।’

कांग्रेस नेता पौडेलले मन्त्री हुँदा आफूले नै जनजाति प्रतिनिधिसँग २० बुँदे सम्झौता गरेको र त्यसअनुसार आईएलओ १६९ लाई संसदबाट पास गराएको दाबी गरे । सम्झौताप्रति प्रतिवद्ध रहेर सरकार र संसदमा प्रस्तुत गरेको उनले बताए ।

आदिवासी जनजाति प्रतिष्ठान आफूहरुले नै स्थापना गरेको भन्दै उनले भने, गत वर्ष १६ करोड दिएको थियो । तर, कम्युनिस्ट सरकारले कति दियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?