Comments Add Comment

निसान गाडीका लागि एक्सचेन्ज क्याम्प आयोजना

देशव्यापि रूपमा आयोजना हुने


२० साउन, काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ ।

साउन २८ बाट सुरू गरिएको यो मेला देशव्यापी रूपमा भदौ ४ गते सम्म चल्ने जानकारी कम्पनीले दिएको छ ।

पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले जानकारी भने, ‘हाल निसान गाडीलाई लिएर आम जनमानसमा उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ । हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ । भर्खरै पनि हामीले डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ । ग्राहकहरूको उत्सुकतालाई मध्यनजर गरी आयोजना गरिएको निसानको मेलाले पनि यस्तै नतिजा दिने हाम्रो विश्वास छ ।’

यो मेलामा ग्राहकहरूले रू. ३ लाखसम्मको छुट, रू. ५ लाखसम्मको एक्सचेन्ज बोनस छुट, तथा थुप्रै उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

मेलामा नै पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन पनि गरिनेछ । त्यसै गरी मेलामा तुरून्तै किस्ताबन्दीको सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment