Comments Add Comment

कलंकी अण्डरपास आजदेखि सञ्चालनमा, अब जाम नहुने

तस्वीर : रासस

१ भदौ, काठमाडौं । चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आएको छ ।

साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास अन्नत भदौ १ गते देखि सञ्चालनमा आएको हो । चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबार मध्यान्हदेखि अण्डरपास सञ्चालनमा आएको अनलाइनखबरलाई जानकारी दिए ।

तत्कालका लागि भने २ लाइनमात्रै अण्डरपास सञ्चालन गरिएको भण्डारीले बताए ।

‘शुक्रबार पूर्ण रुपमा नै अण्डरपास सञ्चालन गर्ने हाम्रो योजना थियो’ उनले भने, ‘निर्माण कम्पनीको सामानहरु हटाउन बाँकी रहेकाले हाललाई २ लेन खुला भएको छ, अब चाडै ४ लेननै सञ्चालन हुनेछ ।’

सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटक पटक समय थप गरिएको थियो ।
चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो ।

अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपासको सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment