Comments Add Comment

नरिवल पानीको सेवनः कति लाभदायक ?

नरिवल पानी हामीकहाँ त्यती प्रचलित छैन । अहिले फलफूल पसलहरुमा भने नरिवल पानी बेच्न थालिएको छ । तपाईंलाई थाहा हुनैपर्छ, छालाको सौन्दर्यका लागि यो निकै उपयोगी मानिन्छ । बलिउड सेलिब्रेटीहरुले नरिवल पानी पर्याप्त पिउने गर्छन्, सौन्दर्यकै खातिर ।

ज्याकलिन फर्नान्डिसको कुरा गरौं वा सोनम कपूरको, उनीहरु पर्याप्त नरिवल पानी पिउने बताइरहेका हुन्छन् ।

शरीरमा पानीको कमी हुन नदिन तथा छालाको सौन्दर्यतालाई कायम राख्न पनि उनीहरुको रोजाई प्रायः नरिवल पानी पर्ने गर्छ ।

सदियौंदेखि यसरी प्रयोग भयो

नरिवल पानीको महत्वबारे बुझेर चार हजार वर्ष अगाडी नै यसलाई पोषणयुक्त फलको रुपमा सेवन गरिन्थ्यो ।

विशेषगरी ट्रपिकल तथा सब- ट्रपिकल क्षेत्रमा पाइने नरिवलको महत्वबारे बुझेर नै विश्वले नरिवललाई विभिन्न तरीकाले उपयोग गरेको पाइन्छ ।

नरिवलमा प्रशस्त मात्रामा पानी हुने भएकोले यसलाई अरु फल भन्दा भिन्न मानिन्छ ।  सामान्यतया ताजा नरीवल पानी हरियो, स्वस्थ्य तथा नविग्रेको नररीवलमा  पाइन्छ । नरिवल पानी गुलियो हुनुका साथै यसमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, इलेक्ट्रोलाइट्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्व पाइन्छ ।

नरिवल पानी  फ्याट रहित, कोलेस्ट्रोल रहित, लो क्यालोरीयुक्त हुनुका साथै यसको सेवनले शरीरमा पानीको कमी हुन दिदैन ।

यसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्ने भएकै कारण  विभिन्न अभिनेत्रीहरुले समेत विभिन्न किसिमका पेय पदार्थलाई नरिवल पानीले प्रतिस्थापन गर्दै आएका छन् ।

पोषणको स्रोत

नरिवल पानीमा विभिन्न पोषण तत्व पाइने भएकै कारण शरीरमा पानीको कमी भएमा  इन्जेक्सनको माध्यमबाट यसलाई सिधै शरीरमा पठाउन सकिन्छ । नरीवल पानीमा भिटामिन ‘बी’ का साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । त्यस्तै, यसमा पाइने साइटोकिनिन्सले एन्टी एजिङ्ग, एन्टी कार्सिनोजेनिक तथा एन्टी थ्रोम्बोटिकको रुपमा काम गर्ने विभिन्न अनुसन्धानहरुले जनाएको छ ।

त्यसबाहेक पनि नरिवल पानी सेवन गर्नुका विभिन्न फाइदा छन्, जुन यस प्रकार छ ।

-इलेक्ट्रोलाइट्सको राम्रो स्रोत

-शरीरमा रक्तसञ्चार राम्रो बनाउँछ ।

-पीएच लेभल नियन्त्रण गर्छ ।

-कोषिकामा पोषणतत्व तथा अक्सिजनको प्रवाह गर्छ ।

-शरीरका विषादी हटाउन मद्दत गर्छ ।

-शरीरमा पानीको कमी हुन दिदैन

-पाचन प्रणाली दुरुस्त राख्छ ।

– भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ ।

-मिगौलाको पत्थरी हुन दिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment