Comments Add Comment

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, २० घरपरिवार बिस्थापित

१४ भदौ, विराटनगर । स्थानीय सिंघिया खोला सुकुम्वासी बस्तीमा पसेपछि विराटनगर महानगरपालिका-८ मधुमाराका २० घरपरिवार विस्थापित भएका छन् ।
बुधबार राति परेको पानीसँगै सिंघिया खोलामा आएको बाढी सुकुम्वासी बस्तीमा पसेर डुवान भएपछि स्थानीयहरु बिस्थापित भएका हुन् ।

मधुमारास्थित सिंघिया खोला क्षेत्रमा लामो समयदेखि सुकुम्बासी घर टहर बनाएर बस्दै आएका थिए । बस्तीमा खोलाको पानी पसेर डुवान भएपछि उनीहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको छ ।

परिवर्तनका लागि हातेमालो संस्थाले डुवानमा परेका परिवारलाई तत्कालका लागि त्रिपालको अस्थायी टहरा निर्माण गरिदिएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष राम पोखरेलले खोलाको पानी बस्तिमा पसी डुवान भएपछि उनीहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको जानकारी दिए ।

घर पानीले पुरै डुवान गरेको अबस्थामा उनीहरुलाई नजिकैको खुल्ला चौरमा लागि राखिएको उपाध्यक्ष पोखरेलले बताए ।

सुकुम्बासी बस्तीमा ३० घर परिवार भन्दा वढी बसोवास गर्दै आएपनि विस्थापित हुने अबस्थाका २० घर परिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा स्तान्तरण गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज केशीले सिंघिया खोलाको बाढी बस्तीमा डुवान भएको जानकारी आएकाले डुवान क्षेत्रमा प्रहरी पठाइएको जानकारी दिए ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment