Comments Add Comment

उडान अनुमतिको पहल गर्न नेपाल एयरलाइन्सको टोली जापान जाने

१७ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ । जापानले नेपाल एयरलाइन्सलाई अझै उडान भर्न अनुमति दिएको छैन ।

अब जापान जाने निगमको टोलीले नेपालको हवाई सुरक्षाको अवस्था, आफ्नो व्यवसायिक योजना, क्षमता र जापान उडानको सम्पूर्ण तयारीबारे त्यहाँको उड्डयन क्षेत्रको नियमनकारी निकायलाई जानकारी गराउनेछ ।

निगमले नयाँ वाइडबडी विमानमार्फत जापानमा उडान भर्ने योजना बनाएको निगमका सहप्रवक्ता शैलेस कंशाकारले जानकारी दिए ।

तर, जापानले तत्कालै नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन खोजेको छैन । कम्पनीको सबै अवस्थाहरु अध्ययन गरेर मात्रै उडान भर्न दिने योजनामा जापान देखिएको छ ।

निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापानसहित कोरिया र साउदीको रियादमा पनि उडाउने योजना तयार पारेको छ । अहिले वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ ।

नयाँ तीन वटै गन्तब्यमा निगमले सीधा उडान गर्ने योजना बनाएको छ । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने गरी तयारी गरेको हो ।

कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।

कोरियाको टोली भने नेपाल एयरलाइन्स र नेपाली हवाई क्षेत्रको सुरक्षा प्रवन्ध बुझ्न छिट्टै नेपाल आउँदैछ । निगमका नयाँ वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment