+
+

प्रधानसेनापतिलाई बधाई दिन जंगी अड्डा पुगिन् चिनियाँ राजदूत यू होङ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २९ गते १६:१७

२९ भदौ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् ।

साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि, भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रधानसेनापति थापालाई जंगी अड्डा पुगेरै बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?