३ असोज,काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा १०० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् । युवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० फिट अग्लो पोलमा राष्ट्रिय झण्डा फहराएका हुन् ।
झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए ।
यसअघि शहीद दिवसका अवसरमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले फहराएको माइतीघरको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4