५ असोज, काठमाडौं । सरकारी टोलीले ललितपुरका वधशाला अनुगमन गर्दै न्यूनतम् मापदण्ड पूरा नगरेका ४ वटामा शिलबन्दी गरेको छ ।
कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहानदेखि ललितपुर क्षेत्रका पाँचवटा वधशालाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगर्ने ४ वटामा शिलबन्दी गरिएको र एउटालाई सचेत गराइएको कृषि मन्त्री चक्रपाणि खनालका प्रेस संयोजक वाेमलाल गिरीले जानकारी दिए ।
आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका वधशालामा शिलबन्दी गरिएको गिरीले जानकारी दिए । लक्ष्मी मिट सपलाई भने सचेत गराइएको छ ।
अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो । त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो ।