+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रणवीर कपुरको अंगालोमा रणवीर सिंह र दिपिका, आलिया पनि सँगै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते २०:०१

बलिउड निर्देशक करण जौहरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालै एउटा तस्वीर सार्वजनिक गरे । यो तस्वीर धेरै अर्थमा ‘विशेष’ छ ।

तस्वीरमा करणसहित आमिर खान, रणवीर कपुर, रणवीर सिंह, आलिया भट्ट, दिपिका पादुकोण र शाहरुख खान देखिएका छन् । तस्वीर विशेष यस अर्थमा छ कि रणवीर कपुरले रणवीर सिंह र दिपिका पादुकोणलाई दुईतिर अंकमाल गरेका छन् ।

स्मरणीय के छ भने रणवीर कपुर र दिपिका लामो समय प्रेममा थिए । तर, उनीहरुको प्रेम तोडियो । दिपिका अहिले रणवीर सिंहसँग रिलेसनसीपमा छिन् । उनीहरुबीच यसै वर्ष बिहे हुने पक्कापक्की जस्तै छ ।

सामान्यतया बलिउडमा ब्रेकअपपछि कलाकारहरु एकसाथ देखिँदैनन् । यो तस्वीरले भने रणवीर र दिपिकाबीच अझै पनि सुमधुर सम्वन्ध रहेको अनुमान गर्न सकिन्छ । यतिमात्रै होइन, दुई रणवीरबीच पनि कुनै तुष नरहेको देखिन्छ । जबकी दिपिकाको कारणले उनीहरुबीच सम्बन्ध राम्रो नरहेको चर्चा चल्ने गरेको थियो । रणवीर सिंहसँग एउटै फिल्ममा काम गर्न रणवीर कपुरले इन्कार गरेको समाचार पनि आएको थियो ।

अर्कोतर्फ यही फ्रेममा आलिया भट्ट पनि छिन् जो रणवीर कपुरकी हालकी प्रेमिका हुन् । रणबीर र दिपिकाको निकटतालाई आलियाले सहजै पचाएकी छन् । यो तस्वीर कहिले खिचिएको हो भन्ने चाहिँ करण जौहरले खुलाएका छैनन् । तर, रणबीर कपुरको घरमा कुनै जमघटको बेला यो तस्वीर लिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?