Comments Add Comment

प्रधानमन्त्रीले बेचे आठवटा भैँसी

राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् ।

केहीदिन अघिमात्रै खानले प्रधानमन्त्री निवासमा रहेका केही कारहरु पनि लिलाम गरिदिएका थिए ।

ती ८ वटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ । यसअघि बुलेटप्रुफ कारको लिलामीबाट झण्डै सात करोड रुपैयाँ बराबरको रकम उठाएर प्रधानमन्त्रीले राज्यकोषमा दाखिला गरेका थिए ।

प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् । डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् ।

प्रधानमन्त्री निवासका भैँसी खरीद गर्नका लागि मानिसहरुले लिलामीमा चर्को बोली लगाएका थिए । जसका कारण भैँसीहरु सामान्य मूल्यभन्दा कैयन् धेरै महंगोमा बिकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment