१५ असोज, काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबल पुरस्कार क्यान्सर उपचारमा सक्रिय दुई चिकित्सकले संयुक्त रुपमा पाएका छन् ।
सन् २०१८ को चिकित्सातर्फको नोबल पुरस्कार जेम्स पी एलिसन र तासुकु होञ्जोलाई दिइएको हो ।
उनीहरुले क्यान्सर थेरापीमा पत्ता लगाएको नयाँ उपचार पद्धतिका लागि नोबल पुरस्कार दिइएको हो । एलिसन अमेरिकाको युनिभर्सिटी अफ टेक्सस एमडी एन्डरसन क्यान्सर सेन्टरका प्राध्यापक हुन् भने होन्जो जापानको क्योटो युनिभर्सिटीका पूर्व फ्याकल्टी डिन हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4