+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अन्तर्राष्ट्रिय हाइकू महोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते ११:४१

१६ असोज, जापान । ८ बुँदे टोकियो घोषणापत्र जारी गर्दै नेपाली हाइकू महोत्सब सम्पन्न भएको छ ।

कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुलगायतको उपास्थिति थियो । कार्यक्रममा नेपाल, बेलायत र जापानका लेखक तथा हाइकू कविहरु पनि सहभागी भएका थिए ।

जारी घोषणा घोषणापत्रमा जापान र नेपालबीचको सम्बन्धलाई कला साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्न सकिने उल्लेख छ ।

महोत्सवले आउँदा दिनमा नेपालमा अन्तर्राष्ट्रिय हाइकू महोत्सब गर्ने, नेपाली हाइकूलाई प्रबद्र्धन गर्न जापानका चर्चित कृतिहरुको अनुवाद गर्ने, हाइकू अभिमुखीकरण तालिमको व्यवस्था गर्ने, हाइकू केन्द्रको बेलायत र जापानमा शाखा विस्तार गर्ने निर्णयसमेत गरेको छ ।

कार्यक्रमा बोल्दै वर्ल्ड हाइकू एशोसिएसनका अध्यक्ष बान्या नाचुइसीले हाइकू नेपालसम्म विस्तार भएकोमा प्रशन्नता व्यक्त गर्दै नेपालमा अन्तर्राष्ट्रिय हाइकू कार्यक्रममा आफूसहित जापानी हाइकू कविहरु सहभागी हुन इच्छुक रहेको बताए ।

कार्यक्रममा नेपाली नेपाली हाइकू केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेले हाइकूमा शंकर लामिछानेको योगदान सम्झँदै डा. अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी हुँदै हाइकूले नेपालमा विकास हुन पाएको बताए ।

२ दिनसम्म चलेको कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायतले मन्तव्य राखेका थिए ।

हाइकू महोत्सबमा विभिन्न श्रष्टाका एक अंग्रेजीसहित नौ हाइकूका पुस्तक विमोचन गरिएको थियो ।विमोचित कृतिहरुमा प्रा. रामकुमार पाँडेको हन्टिंग हाइगा(अंग्रेजी ),नेपाली हाइकू केन्द्रको प्रकाशन नेपाली हाइकू (पत्रिका ),ऋषि बरालको फुजीको फेद(हाइकू संग्रह),किरण पौडेलको नाइलको सहारा( (हाइकुसंग्रह ), सिक्स सिग्नेचर(नेपाली लेखक कविको अंग्रेजी अनुवाद ),प्रकाश पौडेल माइलाको रातो साकुरा( (हाइकुसंग्रह),कृसु क्षेत्रीको निलो आँसु (  (हाइकुसंग्रह),डा. रुपक श्रेष्ठको बुट्टे किमोनो( (हाइकुसंग्रह) ,कृष्ण बजगाईंको कुमारी रात (हाइकुसंग्रह) छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?