+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिलनले जुराए फिल्म अघि नै भिडियोमा आकाश र बर्षाको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १५:०१

हिजोआज कलाकारको जोडी चलचित्रको पर्दामा आउनु अगाडि नै सस्तो बन्न थालेको गुनासो सुनिन्छ । चलचित्रको पर्दामा कलाकारको केमेष्ट्री हेर्नका लागि दर्शकले प्रतिक्षा नै गर्न नपर्ने अवस्था छ । किनकी, युटुबमा भेटिने बग्रेल्ती इन्टरभ्यू, म्यूजिक भिडियोमा दिनदिनै अभिनयका कारण कलाकारको जोडी सस्तो बन्ने गरेका छन् । धेरै जोडीलाई हेरेर पनि यो उदाहरण दिन सकिन्छ ।

निर्देशक मिलन चाम्स ‘विर विक्रम २’को निर्देशन गर्ने तयारीमा छन् । यो चलचित्रमा उनले नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई मुख्य भूमिकामा लिएका छन् ।

यी दुइको जोडी पर्दामा कस्तो देखिएला, केमेष्ट्री कस्तो देखिएला भन्ने दर्शकलाई कौतुहलता हुन आवश्यक छ । तर, चलचित्रमा लिएको केही दिन नवित्दै मिलनले यी दुइलाई एउटा म्यूजिक भिडियोमा अभिनय गराएका छन् ।

मिलनले ‘विर विक्रम २’को प्रचार सामाग्री सार्वजनिक नगर्दासम्म यी दुइको केमेष्ट्री नदेखाइदिएको भए कति राम्रो हुन्थ्यो होला ? तर, भिडियोमै मिलनले दुइलाई अभिनय गराएर कतै फिस्स त बनाएनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?