+
+
Shares

रामपुरमा हुने अन्तर्राष्ट्रिय पोल्ट्रीविज्ञ सम्मेलनको तयारी तीव्र

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १०:३१

१८ असोज, चितवन । आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ ।

विश्वविद्यालयले आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यपत्रहरु आइसकेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सम्मेलनमा १० देशका ३ सयभन्दा बढी वैज्ञानिकहरु सहभागी हुने आयोजकको भनाइ छ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्वन्धि नीतिगत र सामाजिक, आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनलगायत विधामा ११२ वैज्ञानिक र अनुसन्धानमुलक कार्यपत्रहरु पेश हुनेछन् । तीमध्ये १७ वटा विशेष आमन्त्रित, ३३ वटा मौखिक र ६२ वटा पोष्टर प्रस्तुत हुने सम्मेलन आयोजक समितिका अध्यक्ष प्र्रा.डा. शारदा थपलियाले जानकारी दिइन् । सम्मेलनमा उत्कृष्ट हुने पोष्टरहरुलाई पुरस्कृत गर्ने पनि कार्यक्रम छ ।

पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भुटान र इजिप्टलगायतका देशका वैज्ञानिक सहभागी बन्ने छन् । सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यावसायिक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागिता रहनेछ ।

‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा.डा.देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा.नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषद्के/न्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एससी गिरीलगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ ।

सरकारी र नीजि क्षेत्रको लागि महत्वपूर्ण ज्ञान लिनका लागि सम्मेलन फलदायी सावित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले विश्वास व्यक्त गरे ।

नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।

नेपालमा आत्मनिर्भर उन्मुख क्षेत्रका रुपमा पोल्ट्रिलाई लिने गरिएको छ । ग्रामीण कुखुरापालनबाट हुने आर्थिक योगदानलाई छाडेर हेर्ने हो भने नेपालको व्यावसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?