+
+
Shares

‘छक्का पन्जा ३’को कन्सर्टमा जितु र केदारले हसाउदा दीपाले पोखिन् ‘श्रीमान्’ नपाएको पीडा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ११:४९

यतिबेला ‘छक्का पन्जा ३, घटस्थापनाको दिन’ बोलको प्रचार सामाग्री चर्चामा छ । असोज २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले नया नया शैली अपनाइरहेको छ ।

यही क्रममा बिहिबार दिनभर काठमाण्डौका विभिन्न स्थानमा कन्सर्ट गरिएको छ । साथै, लखनखेल बसपार्कमा पनि चलचित्रका कलाकारको उपस्थितीमा कन्सर्ट आयोजना गरियो ।

लखनखेलको बसपार्कमा आयोजना भएको कन्सर्टमा यसका मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला र गायिका एन्जिला रेग्मी सहभागी थिए ।

जितु र केदारले आफ्नो कमेडीको माध्यमबाट दर्शकलाई रमाइलो प्रदान गरेका थिए । निर्देशक दीपाश्री निरौलाले भने ‘श्रीमान्’ नपाएको पीडा दर्शकमाझ फेरि पोखिन् ।

उपस्थित दर्शकहरुले पनि आफूहरु चलचित्र हेर्नका लागि उत्साहित रहेको सुनाएका थिए । गायिका एन्जिला रेग्मीले चलचित्रमा समावेश ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत गाएकी थिइन् ।

लखनखेल अगाडि भक्तपुरको गठ्ठाघर र काठमाण्डौको कोटेश्वरमा पनि कन्सर्ट आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?