निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा स्टार कलाकारहरुको आगमन भएको छ । नायिका स्वस्तिमा खड्काले काम गर्ने बताइएतापनि अन्य कलाकार भने फाइनल भएका थिएनन् । तर, अब भने चलचित्रका अधिकांश कलाकार यो चलचित्रका लागि फाइनल भएका छन् ।
चलचित्रका लागि नायक आर्यन सिग्देल फाइनल भएका छन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको वुझिएको छ । निर्देशक विकासराज आचार्यले आर्यन फाइनल भएको बताएपनि पारिश्रमिकको बारेमा भने केही पनि बताएनन् ।
यस्तै, चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ । चलचित्रका लागि आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भैसकेका छन् । यो चलचित्रका लागि एकजना नयाँ नायक पनि फाइनल गरिएको छ । दिल्लीमा बस्दै आएका अकी प्रधान चलचित्रका लागि फाइनल भएको वुझिएको छ ।
अकी चलचित्रका लागि संझौता गर्न एक दिन मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन् । नायिका स्वस्तिमा खड्काले चलचित्रमा काम नगर्ने भन्ने चर्चा छ नी भन्ने प्रश्नलाई विकासले अस्विकार गरेका छन् । चलचित्रलाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।
प्रतिक्रिया 4