+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

साइकलमा राखेर भारत लगिएको ५ क्वीन्टल मरिच बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १४:५६

२१ असोज, वीरगञ्ज । च्ाडवाडको मुखमा मसलामा प्रयोग हुने कालो मरिच तस्करीले निरन्तरता पाएको छ । मुख्य भन्सार नाकाबाटै ट्रक पास गराउने सम्मको प्रयास भएको वीरगञ्जबाट अहिले भारततर्फ साइकलमा मरिच तस्करी भइरहेको छ ।

तस्करहरुले रातको समयमा भरिया लगाएर साइकलमा मरिच सीमापारी पुर्‍याउने गरेका छन् । सशस्त्र प्रहरीले दुईवटा साइकलसहित झण्डै पाँच क्वीन्टल मरिच नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार गुल्मले राति मरिच तस्करी गर्दै गरेको अवस्थामा दुईवटा साइकलसहित ५ क्वीन्टल मरिच नियन्त्रणमा लिएको हो । बरामद गरिएको मरिचको भन्सार मूल्य १ लाख ५० हजार र बजार मुल्य २ लाख भएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले गस्ती टोलीले मरिचसहितको बोरा साइकलमा राखेर भकुवा हुँदै सिर्सिया नदी तरेर भारत जान लागेको अवस्थामा १६ वटा बोरामा रहेको अन्दाजी ५ क्वीन्टल मरिच बरामद गरेको जानकारी दिए ।

उनले तस्करहरु मरिच छोडेर भागेकोले पक्राउ नपरेको बताए । ‘६/७ वटा साइकलमा मरिच राखेर भारततर्फ जाँदै रहेछन्, प्रहरी टोलीसँग जम्काभेट भएपछि खोसाखोस भयो । उनीहरु भागेकोले पक्राउ परेनन्’ उनले भने ‘दुईवटा साइकल र १६ बोरा मरिच नियन्त्रणमा लिएका छौं ।’

बरामद गरिएको मरिच कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनको भनाइ छ । ‘तस्करहरुले मरिच पानीमा फालिदिएकोले सुकाइराखेका छौं, सुकाएपछि सम्बन्धित निकायमा पठाउँछौं’ उनले भने ।

भियतनामलगायतका देशबाट जल तथा रेलमार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहमा मरिच ल्याउने र नेपालमा भण्डारण गरेर भारत तस्करी गर्ने गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याउँदै गरेको पेन्सिल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?