२१ असोज, काठमाडौं । आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको व्यस्तताका कारणे बैठक स्थगित भएको हो । सोमबार विहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
बैठकका लागि नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटामा गइसकेपछि बैठक स्थगित भएको जानकारी दिइएको हो ।
प्रदेश पदाधिकारीको चयन र सरकारको काम-कारबाहीलाई लिएर पाटीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपाले सचिवालय बैठक बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4