+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

हिन्दुसँग भागेको आरोपमा मुस्लिम किशोरीलाई रुखमा बाँधेर पाँच घन्टा कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १८:२२

काठमाडौं । हिन्दु प्रेमीसँग भागेको भन्दै भारतको बिहारमा एक मुस्लिम किशोरीलाई आफ्नै परिवारका व्यक्तिले रुखमा बाँधेर निर्घात कुटेका छन् । आफ्नो समुदायमा दाग लगाएको भन्दै गाउँ परिषदले नै उनलाई बाँधेर कुट्न आदेश जारी गरेको थियो ।

बिहारको नावाडा जिल्लास्थित सानो गाउँमा बस्ने १८ वर्षीया किशोरी छिमेकी गाउँका रुपेश नामका युवकसँग प्रेममा थिइन् । तर, केटीका परिवारले उनीहरुको सम्वन्धलाई स्वीकारेका थिएनन् । त्यसपछि रुपेशको प्रस्तावमा भागी बिहे गर्न किशोरी तयार भइन् ।

तर, घरबाट भागे लगत्तै किशोरीका परिवारले पछ्याउन थाले । उनीहरुले बिहेको तयारी गर्दैगर्दा परिवारका सदस्यहरुले समातेर किशोरीलाई फिर्ता ल्याए । त्यसपछि गाउँ परिषदको वैठक बस्यो र, किशोरीलाई उनकै परिवारले रुखमा बाँधेर कुट्ने आदेश दिइयो ।

गाउँ परिषदको आदेशअनुसार उनलाई रुखमा बाँधेर करिब ५ घन्टा निरन्तर कुटिएको थियो ।

यो दृष्यको भिडियो खिचेर एक जनाले सामाजिक सञ्जालमा हालेका छन्, जुन भाइरल भइरहेको छ । घटनास्थलमा प्रहरी आएको भए पनि कसैलाई पक्राउ नगरी फर्केको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?