+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अर्थ समितिको निर्देशन : चाडपर्वको दुई महिनाअघि नै आधारभूत मूल्य तोक्नू

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १३:४८

२३ असोज, काठमाडौं ।  संघीय संसद अन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न पनि भनेको छ ।

यस्तै बैठकले सुपथ मूल्यका पसलको व्यवस्था गरी वस्तु तथा सेवा दिन मन्त्रालयलाई निर्देशन दिएको छ ।  अर्को वर्षदेखि चाडपर्व सुरु हुनुभन्दा दुई महिना अघि नै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिइएको समितिका सभापति कृष्ण दाहालले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले महंगी नियन्त्रणतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।  यस्तै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

समितिको क्षेत्राधिकार समेत प्रष्ट नभएको भन्दै उनीहरुले काम गर्न अफ्ठ्यारो परेको समिति सदस्य रामकुमारी झाँक्रीले बताइन । समितिको काम प्रभावकारी बनाउन पनि क्षेत्राधिकारी प्रष्ट हुनुपर्ने उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?