+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बहुदरमाई नगरपालिकाको वजेट ५४ करोड ४२ लाख

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १४:२७

२३ वीरगञ्ज, असोज । पर्साको बहुदरामाई नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ५४ करोड ४२ लाख ९८ हजार २ सय ४ रुपैयाँ १६ पैसाको वजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

आन्तरिक आम्दानी ५० लाख ५० हजार मात्रै अनुमान गरेको नगरपालिकाले सर्वसम्मतिमा वजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।

अनुमानित वजेटमा संघीय सरकारको वित्तीय सामानीकरणतर्फ ११ करोड ९८ लाख प्रदेश सरकारको वित्तीय समानीकरण २९ लाख ५१ हजार, संघीय सरकारको सशर्त अनुदान १३ करोड १६ लाख र प्रदेश सरकारको सशर्त अनुदान १ करोड, संघीय सरकारको राजस्व बाँडफाँट रकम ६ करोड ७६ लाख ६४ हजार, प्रदेश सरकारको २६ लाख ५१ हजार विनियोजन गरेको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता ५ करोड १५ लाख, स्थानीय शासन तथा सामुदायिक विकासको एक लाख ८० हजार बहुक्षेत्रीय पोषण योजनामा १ करोड ४३ लाख एकहजार अनुमान गरिएको छ ।

नगरपालिकाले आन्तरिक आयतर्फ ५० लाख ५० हजार, सडक बोर्ड नेपालबाट सडक निर्माण र मर्मतका लागि ३० लाख आउने अनुमान गरेको छ ।

त्यसैगरी गत आब ०७४/७५ मा खर्च नभएको आन्तरिक आम्दानी १४ लाख ३१ हजार ७३ रुपैयाँ ३८ पैसा, तथा गत आर्थिक वर्षमा पुँजिगत तर्फको मौज्दात ११ करोड १३ लाख ५३ हजार, पुँजिगत कार्यक्रमतर्फ बचेको १ करोड ४३ लाख ४५ हजार ९ सय २९ र चालु तर्फ २ करोड १३ लाख ४१ हजार दुईसय एक गरी कूल ५४ करोड ४२ लाख ९ हजार दुईसय चार रुपैयाँ १६ पैसाको वजेट प्रस्तुत गरिएको छ ।

नगर सभाले शिक्षातर्फ ११ करोड ६१ लाख ६ हजार, सवारीसाधन तथा मेशिनरी उपकरण खरिदका लागि १ करोड ३० लाख, कृषि, पशु, वन तथा वातावरण, नगर क्षेत्रका सडक, सार्वजनिक सम्पत्ति मर्मत सम्भार, खानेपानी तथा सरसफाइ, सौर्य ऊर्जा, सडक बत्ति जडानलगायत विभिन्न २० वटा शीर्षकमा वजेट खर्च हुने जनाएको छ ।

वजेट विनियोजन गर्दा समग्र बहुदरामाईको विकास र समृद्धिलाई ध्यानमा राखिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

नगरको आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने, उत्पादनमुलक र छिटो प्रतिफल लिने, राजश्व परिचालनमा योगदान दिने, सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान दिने गरी वजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘नगरपालिका भएपनि आन्तरिक स्रोत र साधनको एकदमै कमजोर अवस्था देखियो,’ उनले भने, ‘स्थानीय नागरिकको आवश्यकतार मागलाई सम्बोधन गर्न जनताको जीवनस्तरमा प्रत्यक्ष फाइदा पुग्ने र आयआर्जन तथा रोजगारीमा वृद्धि हुने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं ।’

नगर कार्यपालिकाका सदस्य ४९ जनाले वजेट, नीति तथा कार्यक्रमा समर्थन जनाएका छन् ।

नगरवासीलाई कर तिर्न बानी बसालिने

नगरपालिकाका प्रमुख नितेन्द्र साह तेलीले ‘बहुदरमाई नगरपालिकाको विकास र समृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार’ भन्ने नारालाई सार्थक तुल्याउने गरी वजेट, नीति तथा कार्यक्रम ल्याइएको जानकारी गराए ।

उनले नगरवासीमा कर तिर्ने बानीको विकास अझै हुन नसकेको बताउँदै त्यसका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।

नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको १४ प्रतिशत अर्थात १४ करोड ३१ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो ।

‘नगरवासीहरु अधिकांश कृषि र पशुपालनमा निर्भर छन्, ठूला बजारहरु पनि छैनन्, घर भाडामा लगाउने चलन पनि यहाँ छैन, नगरपालिकाको लागि पनि बल्ल बल्ल आग्रह गरेर घर भाडामा लिएका छौं,’ उनले भने, ‘ विस्तारै कर तिर्ने बानी बसाल्ने नीति लिएका छौं । रहरले तिर्छौ कर, अनुदानको पर्दैनौं भर भन्ने नारा दिएर कार्यक्रम गर्छौ ।’

स्थानीय तहमा लगाइएको करका बारेमा चौतर्फी विरोध भइरहेको समयमा एकदमै न्युनतम कर लगाएर आफूहरुले नमूना कार्य गरेको दावी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?