Comments Add Comment

एयरपोर्टहरुमा हवाई इन्धन भर्ने रिफ्युलरको अभाव

२३ भदौ, काठमाडौं । नेपाल आयल निगमलाई एयरपोर्टहरुमा हवाई इन्धन वितरण गर्ने रिफ्युलरको अभाव भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पर्याप्त रिफ्युलर नहुँदा समस्या परिरहेको निगमको गुनासो छ । निममका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिदका लागि पटक-पटक टेण्डर गर्दा पनि प्राविधिक कारणबाट सम्भव नभएको बताए ।

उनले दशैंको समयमा एयरर्पोटमा पर्ने चापलाई ध्यानमा राखेर भारतीय आयल कर्पोरेशनबाट थप एउटा रिफ्युलर ल्याइएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले ८-९ वटा मात्रै रिफ्युलर छन् । यी रिफ्युलरले लगातार सेवा दिनुपर्ने अवस्था छ । पटक-पटक बिग्रने गर्दा सबै रिफ्युरलर चुस्ता अवस्थामा छैन ।

‘एउटा बनाउँदा अर्को बिग्रन्छ । एउटामा एक खालको समस्या आउँदा अर्कोमा नयाँ किसिमको समस्या आइरहेको हुन्छ,’ भट्टराईले भने,’हामीलाई यो रिफ्युलरको समस्याका कारण हामीलाई विमानस्थलहरुमा चुनौति भइरहेको छ ।’

निगमले भारतीय आयल कर्पोरेशनबाट नै नयाँ रिफ्युलर ल्याउन प्रस्ताव गरेको छ । नेपालको प्रक्रियामा जाँदा समस्या भएकाले भारतीय आयल कर्पोरेशनसँगको सहकार्यमा नयाँ १५ वटा रिफ्युलर ल्याउन योजना बनाइएको निगमले जनाएको छ ।

अहिले निगमसँग झण्डै ३५ वटा रिफ्लर छन् । तर, अधिकांश पुरानो छन् ।

अहिले दशैंको समयमा हवाई इनधनको माग ह्वात्तै बढको छ । दैनिक काठमाडौंमा मात्रै ७ लाख लिटरसम्म खपत भइहरेको छ । अन्य बेला बेला सामान्य अवस्थामा ४ लाख लिटर मात्रै हवाइ इन्धन खपत हुने गथ्र्यो । अहिले विदेशबाट आउने विमानहरुले पनि कामठाडौं मा हवाइ इन्धन भरिरहेका छन् ।

दशैंमा नेपाल फर्किने क्रमले पूर्ण क्षमताको भार बोक्नुपर्ने भएपछि अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि नेपालमै इन्धन भरिरहेको भट्टराईले बताए ।

आन्तरिक उडानको संख्या पनि बढेको छ । यसले गर्दा हवाइ इन्धनको माग पनि बढेको छ ।

आयल निगमलाई भारतीय आयल कर्पोरेशनले ५ वटासम्म रिफ्युलर सहयोगमा दिने बचन पनि दिएको छ । तर, त्यतिले मात्रै नपुग्ने भएकाले रिफ्युलर नथपी सुखै नभएको निगम बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment