२३ भदौ, काठमाडौं । खुमलटारस्थित प्रिमियर स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वषिर्य विद्यार्थी साश्वत बुढाथोकीको एकल चित्रकला प्रदर्शनी भएको छ ।
नेपालको कला संस्कृति, वन, वातावरण, विश्व सम्पदामा विशेष दख्खल राख्ने उनको पहलोपटक इन्द्रजात्रालाई लक्षित गरी २० वटा तस्वीर प्रदर्शनीमा राखिएको थियो ।
सानै उमेरमा फोटोग्राफीमा रुची राख्ने साश्वतले हालसम्म ५ सय भन्दा बढी फोटोे खिचिसकेका छन् । पढाइसंगै फोटोग्राफीमा अब्बल उनको फोटोको गुणस्तर व्यावसायीक फोटोग्राफरकै जस्तो थियो ।
विद्यालय परिसरमा आज आयोजना गरेको फोटो प्रदर्शनीको विद्यालयका निर्देशक पवित्रा लिम्बुले प्रदर्शनीको उद्घाटन गरेकी थिइन् ।
आफ्नो विद्यार्थीको कलाको उहाले खुलेरै प्रशंसा गरिन् । ‘हाम्रो लागि यो ठुलो उपलब्धी हो, एउटा विद्यार्थीले खिचेको फोटा प्रदर्शनीले विद्यालयको सान बढेको छ उनी हाम्रो लागि अब प्ररणाको स्रोत बनेका छन । मनको आखाले देखेको कुरा फोटोमा उतार्नु महानता र कठिन काम हो तर सास्वतले यो काम सजिलैसंग गरेका छन्,’ उनले भनिन् ।
रहरले भन्दापनि निरन्तर प्रयासमा लागे जुनसुकै कामको पनि सफलता हासिल गर्न सकने उनको भनाई थियो ।
फोटोग्राफर साश्वतले आफूले करिब साढे २ महिना लगाएर फोटो तयारी गरेको बताए । ‘मेरो सोख होइन भविश्यमा उत्कृष्ट फोटोग्राफर बन्ने लक्ष्यले फोटो सुट गर्न थालेको हुा’-उनले भने । उनको एकल फोटो प्रदर्शनी अवलोकन गर्न सो विद्यालयका विद्यार्थीहरुको घुइँचो लागेको थियो ।
शास्वतका आमा सृष्टी र वुवा सुलभ बुढोथोकीले छोराले सानै उमेरमा गरेको फोटोग्राफीको तारिफ गरे । दुवैजनाले आफ्नो छोरोको भविष्यको लक्ष्य फोटोगा्रफीनै भएको बताए ।
प्रदर्शनीमा सास्वतले सबै विद्यार्थीलाई आफुले खिचेको फोटोको बारेमा जानकारी गराएका थिए । फोटोमा हनुमानढोकाको गद्धी बैठक, दरबार क्षेत्र इन्द्रजात्रामा मात्रै खुल्ने श्वेत भैरव, इन्द्रजात्रामा जिवित देवी कुमारी दर्शन गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित विशिष्ट अतिथिहरुको तस्वीर, शार्दुलजंग गुल्म लगायत इन्द्रजात्रा पर्व झल्कने सम्पुर्ण फोटो राखिएका छन् ।
कार्यक्रममा विद्यालयकी निर्देशक लिम्बु र पि्रन्सिपल शिरिष श्रेष्ठलाई उनीहरुले छनौट गरेको उत्कृष्ठ तस्बीर हस्तान्तरण गरिएको थियो । सानै उमेरदेखि फोटोग्राफि सिक्दै आएका सास्वतलाई प्रशिक्षक राजेन्द्र श्रेष्ठले फोटोग्राफी सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् ।
प्रतिक्रिया 4