+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सरकारी जग्गा र भवनमा विप्लवको हालिमुहाली

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते ११:३३

३० असोेज, बुटवल । नेकपा विप्लव समूहले बुटवल उपमहानगरपालिका-४ मा रहेको सरकारी भवन कब्जा गर्दै शहीद स्मृति भवन बनाउने घोषणा गरेको छ ।
विगतमा राष्ट्रिय वाणिज्य बैंकको कार्यालय रहेको भवनसँगै करोडौं मूल्य पर्ने जग्गा समेत छ ।

यो भवन २०६३ सालदेखि तत्कालीन नेकपा माओवादीले कब्जा गरेर प्रयोग गर्दै आएको थियो । माओवादी विभाजनपछि सुरुमा मोहन वैद्य नेतृत्वको माओवादी र पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले कब्जा गरेर प्रयोग गर्दै आएको थियो ।

राज्यका निकायबाट उक्त भवन खाली गर्न बेलाबेलामा आग्रह गरिएपनि नेकपाले बेवास्ता गर्दै आएको छ । नेकपा रुपन्देहीका सचिव अमर रोकाले जनयुद्ध लगायतका आन्दोलनहरुमा शहादत प्राप्त गरेका रुपन्देहीका झण्डै ७० जना शहीदहरुको स्मरणमा पार्टीले शहीद स्मृति भवन निर्माण गर्न लागेको दावी गरे ।

उनका अनुसार केही समयमै निर्माण कार्य सुरु गरिनेछ । यसबारे सरकारी अधिकारीहरु भने मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?