बलिउडमा यतिबेला ‘मि टु’ अभियानको तुफान चलेको छ । यो तुफानले कसलाई कहाँ पुर्याउँछ ? हेर्न बाँकी नै छ । यससँगै बलिउडमा बिग बजेट फिल्मको चर्चा छ । यही दिपावलीबाट सार्वजनिक हुने ‘ठग्स अफ हिन्दुस्तान’देखि शाहरुख खानको ‘जीरो’सम्म चर्चाको मियोमा छ । आजको तात्तातो खबर चाहि के छ त ?
परिणीति चोपडाको जन्मदिन
अभिनेत्री परिणीति चोपडा आजबाट ३ बर्षकी भइन् । उनले आज आफ्नो ३० औं जन्मदिन मनाइरहेकी छिन् ।
परिणीतिले बलिउडमा आफ्नो करियरको सुरुवात ‘लेडीज भर्सेस रिकी बहल’ फिल्मबाट गरेकी थिइन् । उनी उत्कृष्ट अभिनय त गर्छिन् नै, गाउछिन् पनि ।
तनुश्रीले राखी विरुद्ध मानहानिको मुद्दा दर्ता गरिन्
तनुश्री दत्त यतिबेला ‘मि टु’ अभियानको कारण चर्चामा छिन् । उनले आफुमाथि यौन दूव्र्यवहार भएको आरोप लगाएकी थिइन् । तर, तनुश्रीको यस आरोपको खण्डन गर्दै राखी सावन्तले एक विवादित टिप्पणी गरेकी थिइन् । त्यही विवादित टिप्पणीपछि तनुश्री दत्तले राखी सावन्तमाथि भारु १० करोडको मानहानिको मुद्दा दर्ता गराएकी छिन् ।
प्रत्यूषाका पूर्व ब्वाइफ्रेन्डले लेखकमाथि लगाए यौन शोषणको आरोप
टेलिभिजन अभिनेत्री प्रत्युषा बेनर्जीका पूर्व ब्वाइफ्रेन्ड राहुल राज सिंहले लेखक मुश्ताक शेखमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । राहुल राजले भनेका छन्, ‘यो कदम उनले तनुश्री दत्तको साहसको कारण उठाए ।’
‘बिग बोस’बाट बाहिरिएका सौरभको खुलासा
‘बिग बोस सिनज १२’ देखि सौरभ पटेल बाहिरिएका छन् । यसका साथै शोमा दुई वाइल्ड कार्ड पनि इन्ट्री हुँदैछ । घरबाट बाहिरिएपछि सौरभले भने, ‘मलाई दुख लागेको छ । मलाई लाग्दैन कि, म बाहिरिनुपर्ने थियो । उर्वशीलाई घरबाट निकाल्नुपर्ने थियो ।’ सौरभलाई सोधियो कि, आफ्नो पहिचान किन लुकाउनुभयो ?
सौरभले जवाफमा भने, ‘मलाई यसबारे केही थाहा भएन, बाहिर के भनिन्छ भन्ने । थाहा पाएपछि जवाफ दिनेछु ।’
‘इन्डियन आइडल’बाट अनु मलिक आउट
संगीतकार अनु मलिकमाथि श्वेता पन्डितले यौन शोषणको आरोप लगाएको थियो । घटनाले उग्र रुप लिदै गएपछि अनु मलिक ‘इन्डियन आइडल’बाट बाहिरिए ।
प्रतिक्रिया 4