+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

भारतमा एकै परिवारका ४ नेपालीको दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १७:१०

५ कात्तिक, काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् ।

गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका भारतीय प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते हुनेमा दुई जना सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?