Comments Add Comment

हल संचालक निर्माता र निर्माताको लडाई, कसले बाजी मार्‍यो ?

चलचित्र ‘रामकहानी’ले करिब ६ महिना अगाडि तोकेको मितिमा चलचित्र ‘रोज’ले करिब १५ दिन अगाडि मिति तोकिदियो । गोपिकृष्ण मुभिजका संचालक निरक पौडेलको निर्देशनमा बनेको यो चलचित्रले निर्देशक सुदर्शन थापाले निर्माण तथा निर्देशन गरेको चलचित्रमाथि अन्तिम समयमा प्रहार गरेको थियो । यो समयमा के अब हरेक निर्माताले हल नै निर्माण गर्नुपर्ने अवस्था आएको हो भन्ने प्रश्न खुबै उठेको थियो । किनकी, हल भएकै कारण हल संचालन गरिरहेका निर्माताले हल नभएका निर्मातामाथि मनपरी गरेको प्रष्ट थियो ।

यसैले, अन्तिम समयमा गोपिकृष्ण मुभिजले चलचित्र ‘रामकहानी’का लागि आफ्नो ठूलो हल नै नदिने भएपछि यो हलमा चलचित्र ‘रामकहानी’ नै लागेन । हल संचालक निर्माताले हल नभएका निर्मातामाथि यती ठूलो थिचोमिचो गरेको प्रष्ट देखियो । तर, चलचित्र रिलिज भएपछि ‘रामकहानी’को अगाडि ‘रोज’ पछारियो ।

दशैको समयमा पनि यस्तै राजनीति देखिएको थियो । दशैंमा निर्माता दिपकराज गिरीले निर्माण गरेको चलचित्र ‘छक्का पन्जा ३’ र निर्माता तथा निर्देशक अशोक शर्माले बनाएको ‘जय भोले’को खुबै लडाई चल्यो । अशोक दिपकले जुन डेटमा चलचित्र रिलिज गर्छन् सोही डेटमा रिलिज गर्ने धम्की दिएर थाकेनन् । उनले, त आफूले देशभरका अधिकांश हलसँग संझौता गरेको समेत भन्न भ्याए । यसअघि निर्माताले आफ्नो चलचित्र चलाउनका लागि हलसँग संझौता गर्दै हिडेको नेपाली चलचित्र क्षेत्रमा खासै सुनिएको थिएन । तर, यसपटक त्यस्तै देखियो ।

पछि, अशोकको चलचित्र दिपकको चलचित्रसँग नजुध्ने त भयो, तर दोश्रो सातामा ‘छक्का पन्जा ३’ले राम्रो कमाई गर्दा गर्दै पनि कम शो पायो । ‘जय भोले’का कारण विशेषगरि, क्यूएफएक्स हलमा शो कम भएपछि निर्माता गिरीले फेसबुकमा स्टाटस नै लेख्दै अन्य हलहरुमा शो बढेकाले त्यता गएर हेर्न दर्शकसँग अनुरोध नै गर्नुपर्‍यो । डीसीएनका मालिक अशोक शर्माले हलसँगको आफ्नो निकटताको फाइदा लिन खोजेको प्रष्ट थियो ।

तर, दोश्रो सातामा चलिरहेको ‘छक्का पन्जा ३’सँग फ्रेस रिलिज ‘जय भोले’ले बाजी मार्न सकेन । अझ, सोझो भाषामा भन्नुपर्दा ‘छक्का पन्जा ३’को अगाडि ‘जय भोले’को दम चलेन । हुनत, ‘जय भोले’को व्यापार पनि सन्तोषजनक नै छ । तर, ‘छक्का पन्जा ३’लाई दोश्रो सातामा फ्रेस रिलिज ‘जय भोले’ले खासै असर गरेको देखिएन ।

यो बर्ष २ हल संचालक निर्माताले निर्मातामाथि पावरको गेम खेल्न खोजेको प्रष्ट हो । अशोक शर्मासँग चलचित्र रिलिजको लफडा चलिरहँदा यसको निर्माणपक्ष आफै हल खोल्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगिसकेका थिए । संभवत, दिपक र दीपाले चाडै नै कुनै स्थानमा हल संचालन गर्नेछन् ।

आफूसँग हल छ भन्दैमा अन्य चलचित्रमाथि राजनीतिक खेल खेल्नु खराब प्रवृत्ती हो । यस्तो सोचले चलचित्र क्षेत्रको विकास हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment